वर्षाका कारण सालझण्डी-ढोरपाटन सडक अवरुद्ध

काठमाडौं । अबिरल वर्षाका कारण सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ ।

बुर्तिबाङ–ढोरपाटन सडकखण्ड अन्तर्गत ढोरपाटन नगरपालिका-५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् ।

ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प रहेका छन् ।

बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन ।

बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्