काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले, पत्रकार कुटेको आरोप लागेपछि निलम्बित भएका बझाङ संयोजक नगेन्द्र खड्कालाई पुनर्बहाली गरेको छ।
बिहीबार साँझ सम्पन्न केन्द्रीय समिति बैठकले खड्कालाई पार्टीमा पुनर्बहाली गर्ने निणर्य गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
निलम्बनपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्दा दोष नदेखिएकाले निलम्बन फुकुवा गरी पुनः बहाल गर्ने निणर्य भएको प्रवक्ता मुकुल ढकालले बताए ।
‘बझाङ घटनाका सन्दर्भमा जिल्ला संयोजकको दोष नदेखिएकाले निलम्बन फुकुवा गरि पद्मा पुनर्बहाली गर्ने निणर्य भएको छ,’ उनले भने।
त्यस्तै बैठकल केन्द्रीय अनुशासन आयोग नियमावली पारीत गरेको छ । ‘अब केन्द्रिय अनुशासन आयोगलाई पहिला केन्द्रीय अनुशासन तथा आचरण समिति भनिने गरेको थियो । आज यसको क्षेत्र अधिकार, काम, कर्तव्य लगायतका सबै कुराहरु के कस्ता हुन्छन भने सबै नियमावलीमा समेटीएर पारित गरीएको छ ।’ उनले भने
त्यस्तै रुपन्देहीमा आम सर्वसाधारणलाई कुटपिट गर्ने पार्टी सदस्य दामोदर खत्रिलाई तीन महिनाका लागि निलम्बन गरिएको ढकालले जानकारी दिए ।
‘रुपन्देही घट्नाको सन्दर्भमा एकजना सदस्य दामोदर खत्रीले अर्को व्यक्तिलाई आवेगमा आएर कुटपीट गर्नु भएको भन्ने घटना आएको थियो । पत्रकारितामा या समाचारमा एकदमै अस्पताल नै पुग्नुपर्ने गरि कुटपिट गरेको भन्ने आएको थियो । यो हाम्रो पार्टीको लागी सह्य भएन त्यसैले उहाँलाई पार्टी सदस्यबाट र कुनै जिम्मेवारीमा नरहने गरी तीन महिनाको लागि निलम्बन गरेका छौं ।’