प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको बैठकमा बिहीबार साँझ बसेको बैठकले प्रधानन्यायधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो ।

यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ ।

यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेसंगै अब संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्