काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारती आएका छन् ।
गणेश अर्याललाई बिहीबार बिदाइ गर्दै महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा भारतीलाई स्वागत गरेको हो ।
भारतीलाई पुलचोकमा आयोजित एक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले फुल माला र टोपी लगाएर स्वागत गरे । भारती यसअघि पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।
पोखरामा करिब १३ महिना बिताएका भारतीले जनताको काम छिटो छरितो गर्ने इमानदार कर्मचारीको छवि बनाएका थिए । उनले आफ्नो टेबुलमा आएका सेवाग्राहीका नियमबमोजिमका फाइलहरू नरोक्ने र एक मिनेट भित्र कार्य सम्पन्न गर्ने नीति अवलम्बन गरेका थिए ।
भारती देशका करिब आधा दर्जन पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम घरेका अनुभवी कर्मचारी हुन् ।
सरकारले हालै २६ जना सहसचिवको सरुवा गर्दा भारतीलाई ललितपुर महानगर पठाएर अर्याललाई गृह मन्त्रालयमा पठाएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्यालले ललितपुरमा २ वर्ष तीन महिना काम गरे ।