२ अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन

२ अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं । सरकारले २ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निणर्य गरेको छ ।

मन्त्रीपरिषद्ले गरेका निणर्य सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेअर्थमन्त्रालयको प्रस्तावमा २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निणर्य गरेको जानकारी दिइन् ।

उनले भनिन् ‘अर्थमन्त्रालयको प्रस्तावमा खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोको लागि विश्व बैकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड बराबरको अनुदान साहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने निणर्य भएको छ ।’

त्यस्तै बैठकले विश्व वातावरण सुविधाबापत प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्विकार गर्ने निणर्य गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्