काठमाडौं, १८ साउन । सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ ।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो।
आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बुझिएको छ ।
आगामी शनिवारदेखि हालका प्रधानन्यायाधीश कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।