सुन जे सुकै होस्, सदन चलाएर गरी खानुस भन्न सकिदैन : एमाले अध्यक्ष ओली

सुन जे सुकै होस्, सदन चलाएर गरी खानुस भन्न सकिदैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा गृहमन्त्रीले बोल्ने भनेपछि सदन चल्न दिने गरी सहमति भएको भनेर गलत हल्ला चलाइएको बताएका  छन् ।

बुधबार ललितपुरको च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले, बालुवाटारमा भएको छलफलमा सुन काण्डबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउने भनेपछि सदन चल्न दिने कुरा भएको भन्ने प्रचार भएको भन्दै उनले त्यसप्रति आक्रोश पोखे ।

भन्सारसमेत नियन्त्रण गर्न योग्य नभएको गृहमन्त्रीले सदनलाई सम्बोधन गर्ने र आफूहरुले सुन्नु पर्ने भन्दैमा आफूले सुन जे सुकै होस्, सदन चलाउँनुस् गरी खानुस भन्न नसक्ने ओलीको भनाइ थियो ।

‘गृहमन्त्रीले मात्र बोल्ने रे जो भन्सार नियन्त्रण गर्न योग्य छैन् । जो अरुमाथि नचाँहीदो आरोपीत, लान्छीत गरेर, अरु तिर संकेत गरेर हिड्छ, उल्ले भाषण गर्ने रे अनि सांसदहरुले नपाउँने रे । ’ आफूले त्यस्तो सहमति गर्नै नसक्ने भन्दै ओलीले भने ‘गृह मन्त्रीले  भाषण गरेपछि चलाउँन दिने रे । गृहमन्त्रीको भाषण त्यस्तो पवित्र उनको भाषण एकपटक सुन्न पाउँन त्यति भएपछि सुन जे सुकै होस् सदन चलाउँनुस् गरी खानुस भनेर आएको थिए र म ? त्यस्ता कुरा गर्ने ?’

सभामुखलाई बाध्य पारेर सरकारले सदन एक हप्ता सारेको उनको आरोप छ । उनले भने ‘हिजो सभामुखले रोक्दीनु भयो सभामुखलाई बाध्य पारेर किन रोक्छ सरकारले । सारे पनि आजलाई सार्नु पर्छ नि एक हप्ता रे ।’

ओलीले अहिले नेकपा एमालेको चरित्र हत्या गर्न, बदनाम गर्न र विस्थापित गर्न घिन लाग्दो प्रचार भइरहेको आरोप समेत लगाए । २०४८ सालमा सरकार बनेदेखि नेकपा एमालेमाथि चरम दमन भएको ओलीको भनाइ छ । दमनबाट एमालेका धेरै कार्यकर्ता पीडित भएको उनले बताए ।

उनले भने ‘ २०४८ सालमा सरकार बनेपछि नेकपा एमाले माथि यति ठूलो दमन भो, ४८ को चुनावमा सीपी मैनालीजी भाग्यमानी हो बञ्चराले हान्दा पनि बच्नु भो, प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले बञ्चराले हानेको मान्छेलाई । नेपाली कांग्रसले बञ्चरोको धारले सीपी मैनालीको टाउकोमा हान्न खोजेका थिए । ’

ओलीले त्यति वेलादेखि एमालेले धेरै कुरा भोगेको बताए। निरङकुश राजतन्त्र र पञ्चायत ढाल्दासम्म जेल नेल भोगेर आन्दोलन गरेर आफुहरु अगाडि बढेको चर्चा गर्दै उनले ३० हजार एमालेका कार्यकर्तामाथि निरंकुश सरकारले क्रुर दमन गरेको पनि बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्