कोशीका मुख्यमन्त्री थापाले लिए शपथ: तीन मन्त्रीले पाए जिम्मेवारी

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ: तीन मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका छन् । बुधबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

गत असार २१ मा मुख्यमन्त्री बनेका थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् । उनी साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तीमा परेका थिए।  २६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका हुन् ।  थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभा सभामुख बाबुराम गौतमले राजिनामा दिएका थिए ।

राजीनामा दिएपछि बहुमत जुटाएका थापाले, बुधबार पहिलो चरणमा तीनजनालाई मन्त्री बनाएका छन् । माओवादी केन्द्रका निर्वतमान सभामुख गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन्। गौतम र सुनुवार ओखलढुङ्गाका हुन् । मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले दोस्रो वरीयता पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन्। जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्