सहरमा सुनको चर्चा, गाउँमा नुनले मर्का : ५ केजी नुन किन्दा पाँचै हजार पर्छ !

सहरमा सुनको चर्चा, गाउँमा नुनले मर्का : ५ केजी नुन किन्दा पाँचै हजार पर्छ !

मुगु । देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा छ । तर दूरदराजको मुगुमा भने चर्चा नुनको छ । मुगुमा ५ केजी नुन पाउन एक व्यक्तिले ५ सयदेखि ५ हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने अवस्था आएपछि दुर्गममा सिंहदरबार व्यवहारमा पुग्न नसकेको नुनकै अभावले पुष्टि गरेको छ ।

नुन लिन नागरिकताको फोटाकपी बुझाउनु पर्ने
मुगु जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षितगरी आर्थिक बर्ष २०८९।०८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आएपनि हिजो आज नुनको अभाव हुन थालेको छ । हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिकलाई नागरिताको फोटोकफी र हातको नङ्गमा रेजा लगाएर प्रतिब्यक्ति ५ केजनुदिने गरिएको छ । अनुदानको सरकारी नुन खान नपाएको ५ / ६ बर्ष भएको र नजिकको स्थानीय बजारमा सरकारी अनुदानको ९ रुपैयाले पाउने १ केजी नुन ६० देखि ८० रुपैयाँसम्म रुपैया तिरेर खानु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

३ दिनलगाएर गाउँबाट आउँदानुनमहंगो बन्यो
मुगमुकामारोङ्ग गाउँपालिका ५ मुगुकी सोनाम फुटी लामा २/३ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम गमगढी आवतजावत गर्दा गाडी भाडा र खान ५ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन । सिंहदरबारको अधिकार गाँउगाँउ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन ।

५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफु खानु
नुनको अभावको गुनासो गर्दै छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बिसुकला रावत भन्छिन ‘ नुन लिन आउँदा १५ / १६ सय रुपैया खर्च हुन्छ, ५ केजी नुन पाइयो घरमा गाई-गोरु, भेडा-बाख्रा, भैसी छन । आफु खानेकी पशुचौपायालाई खुवाउने ? ५ पोका नुन लिनको लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैया तिरीयो ।  हातको नङ्गमा चिन्ह समेत लगाउँदा रहेछन, दुःख बढी नुन कम पाइयो । ’

अनुदानको नुन सस्तो हुँदा जिल्लाबाहिर गएको हुन सक्ने आशंका
सोरु र खत्याड गाँउपालिकालाई १/ १हजार क्वीन्टल नुन वितरण गरिसकेको र छायाँनाथ रारा नगरपालिका र मुगमकामारोङ्ग गाउँपालिकालाई १ हजार ३ सय ९० क्वीन्टल नुनवितरण भइसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा बताउछन् । अनुदानमा आएको नुन प्रति केजी ९ रुपैयाँ पर्दा सस्तो भएको हुँदा  सबैको भीड सदरमुकाममा हुने र बाहिरी जिल्ला बाँके र सुर्खेतसम्म जाने गुनासो आएपछि प्रहरी मार्फत चेक जाँच र निगरानी समेत बढाएको प्रजिअ थापाले बताए । तर मुगुमा नुनको अभाव भने नरहेको पनि उनको भनाइ थियो ।

यता जिल्ला साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मुगुमा अहिले ३ सय ५० क्वीन्टल नुन मौज्दात रहेको बताएको छ  ।  मुगु जिल्लामा नुनको अभाव प्रत्येक बर्ष हुने गरेको छ । जिल्लामा रहेका राजनीतिक दल ,जनप्रतिनिधि र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगाएत कर्णालीका सबै जिल्लामा नुन अभाव हुने गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्