पशुपति धर्मशालाको जग्गा भाडा नविकरणका लागि १५ दिने अल्टिमेटम

पशुपति धर्मशालाको जग्गा भाडा नविकरणका लागि १५ दिने अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समाजले प्रयोग गर्दै आएको पशुपति धर्मशालाको जग्गाको भाडा पुनरावलोकन गरी सम्झौताका लागि १५ दिनको अल्टिमेटम दिएको छ ।

बुधबार बिहान सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले भाडा पुन मुल्याङ्कनसहित सम्झौताका लागि १५ दिनको म्याद दिएको हो ।

मारवाडी सेवा समाजले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकासकोषको गौसलामा रहेको ९ रोपनी जग्गा बार्षीक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो ।

कौडीको भाउमा प्रयोग गर्दै आएको उक्त जग्गामा मारवाडी सेवा समाजले धर्मशाला सञ्चालन गर्दै आएको छ ।

यस अघि अख्तियार दुरुपयोग अनुसन्धन र सर्वोच्च अदालतले समेत भाडा पुन नविकरण गर्नु निणर्य गरेको थियो ।

तथापी विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निणर्य कार्यन्वयन गर्न आलटाल गरिरहेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्