चितवन पुगेर लामिछाने भने ‘म माथि देशैभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आयो’

चितवन पुगेर लामिछाने भने ‘म माथि देशैभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

सांसद निर्वाचितभएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन-२ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफुमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताए ।

उनले भने ‘ म माथि देशैभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफुले निर्वाचनमा बोलेका कुराहरुलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ । ’

बुधबारबाट सांसद लामिछानेले औपचारिक रुपमाचितवन २ का मतदाताहरुको लागिसचिवालयपनि स्थापना समेत गरेका छन् ।

उनले भने ‘सुरुवाती केहीदिनहरुमाआवश्यकता परेका केहीव्यक्तिहरुको फोन उठाउन गाह्रो हुने अवस्थाहुन सक्छ । सुरुवातका केही समयहरु व्यवस्थितगर्न केही न केहीतलमाथि हुन्छ होलात्यसलाई अन्यथानलिनुहोला । ’

सभापति लामिछानेले चितवन २ प्रतिको आफ्नो दायित्व भने नभूल्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्