काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निणर्य गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निणर्य गरेको बताए ।
‘आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निणर्य भएको छैन ।’
उनले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताएका छन् ।