तनहुँमा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँमा भरुवा बन्दुकले हानेर एक महिलाको हत्या भएको छ ।

व्यास नगरपालिका ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले आफ्नै  ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

गए राति करिव  ११ बजेको समयमा भरुवा बन्दुकले हान्दा गम्भीर घाइते भएकी  गीताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले हत्याको आरोपमा मृतकका श्रीमान श्रीप्रसादलाई गए राति नै नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण घटना घटेको  खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप  अनुसन्धान थालेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्