माओवादी केन्द्रीय कमिटी आजबाट, त्यसअघि स्थायी कमिटी बस्दै

माओवादी केन्द्रीय कमिटी आजबाट, त्यसअघि स्थायी कमिटी बस्दै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् ।

पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिकसहितका विभिन्न प्रस्तावहरु पेश हुने छन् । साथै बैठकले पार्टीको विधान अधिवेशनसहितका विषयमा पनि निणर्य लिने छ ।

बैठकमा पेश गर्ने प्रस्ताव पारित गर्न केन्द्रीय कमटिी बैठक अघि माओवादी स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ ।

माओवादीले मंसिरमा विधान सम्मेलन गर्ने जनाएको छ । बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्