काठमाडौं महानगरपालिकाले २९ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं ।  संघीय राजधानीसमेत काठमाडौं महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदैछ ।

महानगरपालिकाले विहान ९ बजे सैनिक मन्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

‘काठमाडौँको विकास,सेवा तथा समृद्धि हासिल गर्न साथ,सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ,प्रदेश तथा स्थानीय सरकार,विकास साझेदार, सङ्घ/संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् ।

तत्कालिन श्री ५ को सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाकोरुपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्