खेलाडि नै खेलकूद क्षेत्रको असली सेलिब्रेटि हुन्: सदस्य सचिव घिसिङ

खेलाडि नै खेलकूद क्षेत्रको असली सेलिब्रेटि हुन्: सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडि नै खेलकूद क्षेत्र चिनाउने पहिलो अनुहार र सेलिब्रेटी भएको बताएका छन् ।

तेक्वान्दो र कराँते खेलाडिका लागि आयोजित कोच प्रशिक्षण आरम्भ गर्दै उनले पेरिस पारा ओलम्पिकको राम्रो तयारीका लागि तेक्वान्दो संघलाई निर्देशन दिए ।

प्रशिक्षण कार्यक्रम चार दिनसम्म सञ्चालन हुने संघले जनाएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै आज सचिव घिसिङले आगामी खेलको लागि पूरा तयारी गर्न गराउन भनेका हुन ।

‘आउने पेरिस पारा ओलम्पिकको लागि खेलाडि छनोट हुने स्थिति करिव करिव निश्चित बनेको छ । हामीले पदक ल्याउने राम्रो अर्को अवसर छ ।त्यो अवसरलाई सम्पूर्ण रुपमा केन्द्रीत भएर लाग्न म तेक्वान्दो संघ र प्रशिक्षक तथा खेलाडि साथीलाई निर्देश गर्छु । हामीले जति समय छ त्यसलाई भरपूर प्रयोग गरी तयारी गरौं ।’

घिसिङले खेलाडि नै खेलकूद क्षेत्रको असली सेलिब्रेटि रहेको भन्दै थप मेहनत गर्न आग्रह गरे ।

उनले भने, ‘खेलाडि नै खेलकूद क्षेत्रको असली सेलिब्रेटी हो । दोस्रोमा प्रशिक्षक,तेस्रोमा संघ र चौथोमा राष्ट्रिय खेलकूद परिषद र पाँचौमा नेपाल सरकार हो । सुरुदेखि नै मैले म भन्दा अगाडि संघ,संघ भन्दा अगाडि प्रशिक्षक र पहिलो नम्बरमा खेलाडि छन् भन्दै आएको छु ।त्यसकारण खेलाडि साथीहरुले जे जसरी मेहनत गर्नुभएको छ,थप व्यवस्थित मेहनतका लागि शुभकामना ।’

तेक्वान्दो र कराँतेका खेलाडिलाई काठमाडौंमा दुई ,चितवन र पोखरामा एक एक गरी कूल चारवटा कार्यक्रमका बीच खेलाडिहरुलाई उच्च कोटीको प्रशिक्षण गराउने संघले जनाएको छ । प्रशिक्षण कार्यक्रम चार दिनसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा तेह्रौं एसियन गेम्समा सिल्वर पदक विजेता पूर्व खेलाडि सविता राजभण्डारीलाई संघले सम्मान गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्