२० दिनमा काठमाडौं उपत्यकामा २६६ दुर्घटना, ७ जनाको मृत्यु

एम्बुलेन्सको ठक्करले बृद्धाको मृत्यु

काठमाडौं ।

काठमाडौं उपत्यकामा वितेको २० दिनमा २६६ वटा दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३० जना घाइते भएका छन् ।

ललितपुरमा ४, काठमाडौंमा २ र भक्तपुरमा एकजनाको सवारी दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ ।

७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेका हुन भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ ।

ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ । भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ ।

यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्