नेपाल संवतलाई देशव्यापी प्रयोगमा ल्याउन प्रमुख साहको आग्रह

नेपाल संवतलाई देशव्यापी प्रयोगमा ल्याउन प्रमुख साहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र साहले, नेपाल संवत्लाई देशभरी प्रयोगमा ल्याउन पहल गरिदिन सरकारसंग आग्रह गरेका छन् ।

बसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख  साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘काठमाडौं महानगरपालिकाले चै यो संवत्लाई अफिसियलरुपमा हाम्रो नोटिसहरुमा हाम्रो कागजातमै प्रयोग गर्ने गरेकोले यो राष्ट्रिय रुपमा देशभरी नै यो संवत्लाई प्रयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु । ’ उनले भने ‘अर्को वर्षसम्म आईपुग्दा नेपाल संवत चै राष्ट्रिय रुपमै प्रयोग हुनेछ आशा राखेको छु । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्