रेलले किचेर जनकपुरमा एकजनाको ज्यान गयो

जनकपुर। जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ ।
नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्निे गरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा उनलाई रेलले किचेको धनुषा प्रहरीले जनाएको छ ।

रेल विहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्