नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन पूर्व मेयर शाक्यको आग्रह

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन पूर्व मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले नेपाल संवतलाई सबै राजनीतिक दलले एजेण्डा बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

‘नेपाल संवत्को ऐतिहासिकता र आजको सन्दर्भ’ बारे अवधारणा पत्र जारी गर्न काठमाडौंमा आयोजित कार्यक्रममा शाक्यले एक सम्प्रदायले मनाउने पर्वको रुपमा भन्दा नेपाल संवतलाई सबैले मिलेर सांस्कृतिक इतिहासको संरक्षण र निरन्तरता दिनुपर्ने बताए।

एमालेले एजेण्डाकै रुपमा नेपाल संवत् मनाउनुपर्ने कुरालाई अघि सारेर सफल भएको बताएका उनले व्यापक रुपमा यसलाई मनाउन रानीतिक भन्दा इतिहासको निरन्तरता गर्नुपर्ने भन्दै अन्य राजनीतिक दललाई पनि त्यसका लागि आग्रह गरे।

‘अहिले प्रसाशनिक रुपमा कार्यान्वयनमा ल्याउन त गाह्रो छ। तर, आगामी दिनमा नेपाल संवत्लाई नेपालको मौलिक राष्ट्रिय संवत र व्यवहारमा लागू गर्नुपर्नेमा एमालेले बुझेर आफ्नो एजेण्डा बनाएको छ। व्यापक अध्ययन गरी सबैले एजेण्डा बनाएर व्यवहारमा कसरी प्रयोग गर्न सकिन्छ त्यसमा अगाडि बढ्नुपर्ने देखिन्छ’ शाक्यले भने।

राजनीतिक भन्दा सांस्कृतिक र इतिहासको निरन्तरताका लागि नेपाल संवत सबैले मनाउनुपर्ने शाक्यको धारणा छ।

कर्यक्रममा डा कल्पना श्रेष्ठले नेपाल संवत्को अवधारणा पत्र पढेर संवत्को प्रचलन, प्रचलित संवत्को राष्ट्रिय सन्दर्भ,त्यसको ऐतिहासिकता, संवत्को स्वरुप,त्यसको अवस्था लगायत विविध पक्षमा जानकारी गराएकी थिइन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्