साढे २६ लाख रकमसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट २६ लाख ५७ हजार नगदसहित मंगलबार दिउँसो दुई जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरेकोमा थप अनुसन्धानको क्रममा अभिषेकलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्