काठमाडौं । मधेश प्रदेश सरकारको सर्व दलिय बैठक सम्पन्न भएको छ ।
सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चारवटा कुरामा छलफल भएको मधेश प्रदेशका गृह तथा सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताएका छन् ।
बैठक पश्चार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाडौं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेबारे छलफल भएको जानकारी दिएका हुन् ।
उनले, प्रदेश निजामति ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए ।
उनले प्रधानमन्त्री दाहाल प्रचण्ड लाई ज्ञापनपत्रमार्फत मागहरु पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित, प्रदेशका मन्त्रीहरु काठमाडौंमा धर्नामा बस्ने निर्णय भएको पनि बताए ।
उक्त विषयमा २२ गत्ते पत्रकारसम्मेलन मार्फत थप जानकारी दिने सर्वदलिय बैठकबाट निर्णय भएको छ ।