भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चारको सेवा प्रवाह सहज बनाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवा प्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णयहरु भएको बताएकी छन् ।

जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै आउन सक्ने पराकम्पबाट सुरक्षित गरी सेवा प्रदायकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि बताइन् ।

उनले भनिन्, ‘इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (इटिसी) लाई सक्रिय बनाई भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवा प्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णयहरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पबाट सुरक्षित गरी सेवा प्रदायकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।’

उनले यस समयमा मन्त्रालय तथा अन्तर्गतका निकायहरुबाट नियमित र सहुलियत रुपमा सेवाप्रवाह गर्न, सही र सत्यतथ्य सूचनाप्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेकी छन् ।

यस्तै, उनले उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहतकोषमा ५० लाख सहयोग र ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिंदै खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्