इजरायली आम नरसंहार विरुद्ध माइतीघरमा प्रदर्शन

इजरायली आम नरसंहार विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले ‘इजरायली आम नरसंहार’ विरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै मोर्चाले प्यालेस्टाइनी जनताको संंघर्षप्रति ऐक्यवद्धता जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले गाजा क्षेत्रको नाकाबन्दी अन्त्य गर, प्यालेस्टाइनी जनताको संंघर्षप्रति ऐक्यवद्धता जाहेर गरौं, यूएस–इयू साम्राज्यवाद समर्थित इजरायली जाति हत्या अन्त्य गरौं जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी शान्ताबहादुर नेपालीले इजरायलीको निरन्तर आक्रमणले विश्वको अर्थतन्त्र तहसनहस पार्ने भन्दै आक्रमण रोक्न माग गरे ।

उनले भने, ‘यो द्वन्द्वले विश्वको अर्थतन्त्र वास्तवमा तहसनहस पार्छ । त्यहाँको अवस्था भयानक छ । हजारौ मानिस मारिएका छन् । यसले तेल आयातमा पनि असर पर्छ ।’

युद्ध नरोकिए देशैभरका जनशक्ति एक ठाउँमा उभिएसर वृहत् आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।
उनले भने, ‘युद्धविराम गर्न अमेरिकाले नै मानिरहेको छैन । यसको अन्त्य र मारिएकाहरुको परिवारलाई क्षतिपूर्ति दिनुपर्यो र इजरायली पछाडि हटेर उनीहरुको अधिकार दिनुपर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्