चन्द्रपुरका राजमार्गमा सिसि क्यामेरा जडान

चन्द्रपुरका राजमार्गमा सिसि क्यामेरा जडान

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराको समन्वयमा ससि क्यामेरा जडान गरिएको हो ।

सिसि क्यामेराको कन्ट्रोल रुम भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रहेको छ । सोही ठाउँबाट क्यामेराको निगरानी गरिने भएको हो । सिसि क्यामेराको कन्ट्रोल रुमको निरिक्षण गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सवारी दुर्घटना न्यूनीकरण गर्न, ट्राफिकको समस्या निराकरण गर्न लगायतका कार्यमा सडकमा राखिएको सिसीक्यामरा निकै फलदायी हुने बताउनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पुर्‍याउने उहाँको भनाई छ । सीसी क्यामेरा जडान भएसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सहयोग पुग्ने मेयर काफ्लेले बताउनुभयो । राजमार्गमा दुर्घटना बढेको र दुर्घटना भएपछि दुर्घटना गर्ने गाडीको पहिचान गर्न गाह्रो हुने समस्या सिसि क्यामेरा राखेपछि हट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक सुशिल आचार्यले बताउनुभयो ।

सिसि क्यामेराले राजमार्ग हुँदै रौतहटमा भित्रिने र बाहिरिने सवारी साधनको निगरानी गर्न सकिने उहाँको भनाई छ । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर सडक खण्डको दुई स्थान र चन्द्रपुर गौर सडक खण्डको राजमार्गको एक स्थानमा अटोमेटिक नम्बर प्लेट रिडर क्यामेरा जडान गरिएको छ । सीसी टीभी क्यामेरा जडान भएपछि सवारी दुर्घटनामा न्युनिकरण आउने र यदि दुर्घटना भएमा अनुसन्धानमा सहज हुने ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार जुडिबेला चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पश्चिम तर्फ र गौर चन्द्रपुर सडक अन्तर्गत घोडिदेवी मन्दिर नजिक अटोमेटिक नम्बर प्लेट रिडर क्यामेरा जडान गरिएको छ । चन्द्रपुर नगरपालिका क्षेत्रका स्थानमा हुने लुटपाटका घटना, र अनियन्त्रित चलाइने सबारी साधन लाई नियन्त्रण गर्न सो क्यामरा उपयोगि हुने बिश्वास गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्