काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ४ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि भएको ठूलो मानवीय र भौतिक क्षतिबारे छलफल गर्न भोली बिहानका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
स्थलगत निरिक्षणका लागि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुमुम पश्चिममा रहेका प्रधानमन्त्री प्रचण्डले भोलि आइतबार विहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।
उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्नेछ ।