अर्थतन्त्र नकारात्मक अवस्थामा छैनः गभर्नर अधिकारी

अर्थतन्त्र नकारात्मक अवस्थामा छैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्था नकारात्मक नभएको बताएका छन् ।

नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सकारात्मक भएको भन्दै निजी क्षेत्र र राज्य सबै मिलेर नयाँ प्रोजेक्टहरु कार्यान्वयनमा लानुपर्ने बताए ।

उनले भने, ‘नेपालको अर्थतन्त्रको अवस्था त्यस्तो नकारात्मक पाउँदैनौ । निजी क्षेत्र र राज्य सबै मिलेर प्रोजेक्टको कार्यान्वयनमा लाग्नुपर्छ । प्रोजेक्ट सुरु भएको छ, योजना आयोगले बनाएको छ, सरकारले गर्दैछ भनेर दशौं वर्ष एउटै प्रोजेक्टमा लाग्ने होइन, छिटोभन्दा छिटो टुङ्गाउन आवश्यक छ । यसबाट रोजगारीको सिर्जना पनि हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

उनले नयाँ प्रोजेक्टहरुको काम कारबाही बढाउने र शिथिलतालाई हटाउनु पर्ने भन्दै त्यसबाट नै आर्थिक क्रियाकलाप र बैंकहरुको पैसा परिचाल नहुने बताए ।

यस्तै, उनले बैङ्किङ् क्षेत्रको कुरा गर्दा विश्वका बैंकहरुमा समस्या आए पनि नेपालमा कुनै बैंकहरु समाप्त हुने अवस्थामा नपुगेको भन्दै बैङ्किङ् व्यवस्था सुरक्षित रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान परम्परागत तरिकाले नुहने भन्दै त्यसका लागि सबै पक्षहरु एकै स्थानमा आउनु पर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रले राखेका सुझावहरुलाई सुझावहरु मात्रै भनेर सोचिएको कारणले अहिले अप्ठ्यारो अवस्था आएको हो । यसलाई सम
ाधान गर्नको लागि सबै पक्षहरु एकै स्थानमा आएर समस्याबाट कसरी बाहिर निस्किन सकिन्छ भनेर सोच्न आवश्यक हुन्छ । यसले आउने दिनमा आर्थिक कारोबारलाई प्रभावकारी बनाउन मद्दत पुग्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्