अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको छ : अर्थमन्त्री महत

अर्थतन्त्र बिस्तारै लयमा फर्किएको अर्थमन्त्री महतको दावी

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको जमानामा नकारात्मक कुरा बिक्ने भएकाले अर्थतन्त्रलाई लिएर नकारात्मक कुरा आउने गरेको बताए ।

उनले भने, ‘सामाजिक सञ्जालको जमाना छ, नकारात्मक कुरा बिक्छ । त्यसैले नकारात्मक कुरा नै आउँछ । के विश्वास दिलाउन चाहन्छु भने बिस्तारै अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको छ । अहिले अर्थतन्त्र सकारात्मकतर्फ उन्मुख हुँदै छ । आत्मविश्वास र सकारात्मक सोच आवश्यक छ । सबैले खराब नै खराब छ भन्न थालेपछि जो लगानीकर्ताहरु पनि हच्किन्छन् ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्