भूकम्पमा परेर कम्तिमा पनि ८० जनाको मृत्यु, सयौँ घाइते

भूकम्पमा परेर कम्तिमा पनि ८० जनाको मृत्यु, सयौँ घाइते

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ८० जनाको मृत्यु भएको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा सयौँ घाइते भएका छन्।

भूकम्पबाट सदरमुकाम खलंगामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । उपप्रमुख सरिता सिंहको भूकम्पमा परेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख, डीएसपी सन्तोश रोकाले जानकारी दिए ।

डीएसपी रोकाका अनुसार जिल्लाभित्र हालसम्म ४४ जनाले ज्यान गुमाएका छन । भेरी नगरपालिकामा ३० जना, कुशे गउँपालिकामा  ७ जना, नलगाड नगरपालिकाका ६ जना र छेडागाड नगरपालिकामा  १ जनाको मृत्यु पुष्टि भएको हो ।

जाजरकोटमा मात्रै भूकम्पमा परेर पाँच दर्जन बढी घाइते भएको बताइएको छ ।

त्यस्तै रुकुम पश्चिममा भूकम्पका कारण ठूलो क्षति भएको छ ।  रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित ३६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार आठबीसकोट र सानीभेरीमा गरेर  हालसम्म ३६ जनाको मृत्यु पुष्टि  भएको छ । रुकुम पश्चिममा भूकम्पमा परी सात दर्जन बढी घाइते भएका छन् ।

देशभर जसो महसुस भएको भूकम्पको धक्का भारतका युपी, बिहार लगायतका ठाउँमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्