भूकम्पबाट रुकुमको आठविसकोटमा १‍‍० जनाको मृत्यु

भूकम्पबाट रुकुमको आठविसकोटमा १‍‍० जनाको मृत्यु

काठमाडौं । भूकम्पबाट रुकुमपश्चिमा १० जनाको मृत्यु भएको छ।

भूकम्पका कारण रुकुमको आठविसकोट नगरपालिकामा  १‍‍० जनाको मृत्यु भएको उपप्रमुख धनकुमारी शाहीले बताइन् ।

उपप्रमुख शाहीका अनुसार वडा नम्बर ११ मा सात जना र वडा नम्बर १२ मा तीन जनाको मृत्यु पुष्टि भएको हो ।

‘भूकम्पका कारण घरहरु भत्किदा १० जनाको मृत्यु भएको छ । अहिले घाइतेहरुको उद्धार गर्ने काम भइरहेको छ । उद्धार भएकाहरुको नगर अस्पतालमा उपचार भइरहेको छ,’ उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा सम्पर्क टुटेको छ ।

भूकम्पका कारण रुकुमपश्चिममा धेरै घरहरु भत्किएको र मानिसहरु घाइते भएको खबर छ । रातको समय भएका कारण उद्दारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

स्थानीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ  ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्