भारतीय शिक्षण संस्थामा स्वास्थ्य र प्रविधि अध्ययनका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति

भारतीय शिक्षण संस्थामा स्वास्थ्य र प्रविधि अध्ययनका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । नेपाल भारत महिला मैत्री समाज र गान्धी एजुकेशन ट्रस्ट कटीहारबीच नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको नेपाल भारत महिला मैत्री समाजले जानकारी दिएको हो ।

सम्झौता अनुसार गान्धी एजुकेशन ट्रस्ट, बिहार अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गरिने छ ।
‘सम्झौता अनुसार गान्धी एजुकेशन ट्रस्ट, बिहार अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको लागि नेपाल भारत महिला मैत्री समाजको माध्यमबाट उक्त संस्थाले २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गर्ने छ।’ सम्झौता पछि जारी विज्ञप्तिमा भनिएको छ ।

गान्धी एजुकेशन ट्रस्ट र समाजबीच नेपाल भारत महिला मैत्री समाजले प्रस्ताव गरेका विद्यार्थीहरुलाई डिप्लोमा इन नर्सिङ कोर्स अध्ययनको लागि ११ जनालाई पूर्ण छात्रवृत्ति, र बिएस्सी इन नर्सिङ कोर्सको लागि ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।

त्यसैगरी नेपाल भारत महिला मैत्री समाज र बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि नेपाल भारत महिला मैत्री समाजले प्रस्ताव गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजीले डिप्लोमा इन इञ्जिनीयरिङ कोर्स अन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति र ब्याचलर इन टेक्नोलोजी (बि.टेक) कोर्स अन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेण्डरबाट सुरु हुने बताइएको छ । नेपाल भारत महिला मैत्री समाजले जेहन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने सपना आर्थिक अभावले बन्द नहोस् भन्ने उदेश्यका साथ छात्रवृत्तिका लागि पहल गरिएको जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्