अर्थतन्त्र सुधार्न लगानी बढाऔंः मन्त्री खड्का

सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैन्: रक्षामन्त्री खड्का

काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहेको भन्दै यसमा सुधारका लागि लगानी बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयलको प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ऋणात्मक र अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि लगानी बढाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामी फास्ट ट्रयाकमा काम गर्नका लागि नयाँ नयाँ विधेयकहरु बनाउने छौं । केही ऐन नीतिहरु नै ड्राफ्ट गरेर निरन्तर अगाडि बढ्ने कुरा भइरहेको छ । हाम्रो अर्थतन्त्र ऋणात्मक छ । अप्ठ्यारो अवस्थामा छ तर पनि हामी यसलाई सुधार्ने क्रममा छौं । अर्थतन्त्र कमजोर छ भन्दै गर्दा लगानी नै नगरी अर्थतन्त्र बढ्ने होइन । त्यसका लागि त लगानी बढाउनुपर्छ । उत्पादन बढाउनुपर्छ । त्यसमा सबैको ध्यान जान जरुरी छ ।’

उनले समस्यासँग जोडिएका निकाय र मन्त्रालयसँग बसेर छलफल नगरे विषयबस्तुमा प्रवेश गर्न नसकिने भन्दै उपस्थितिमा नै छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘समस्यासँग जुन निकाय र मन्त्रालयसँग जोडिएको छ । तिनको उपस्थितिमा नै छलफल गर्नुपर्छ । सम्बन्धित व्यक्ति र मन्त्रालय अनुपस्थित रहेको छलफलले विषवस्तु अन्तै लैजान्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्