काठमाडौं । चौथो एसियाली पारा खेलकुदमा नेपाललाई कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १ लाख नगदसहित सम्मान गरिएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा पलेशालाई नेपाल तेक्वान्दो संघ र कृषि विकास बैंकले नगद, तथा सम्मान पत्रसहित सम्मान गरेका हुन् । सो अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ ।
सम्मान थापेपछि प्रशिक्षक नेगीले नेपाल तेक्वान्दो संघले पलेशा जस्तो खेलाडीहरुलाई यहाँसम्म पुर्याउँन र उत्पादन गर्न ठूलो भूमिका गरेको स्मरण गरे ।
उनले भने, ‘यो जितेर ल्याएको कास्य पदक सम्पूर्ण नेपालीको र देशको हो । यसको लागि म पलेशा गोवर्धनलाई धन्यवाद दिन चहान्छु । नेपाल तेक्वान्दो संघले पलेशा जस्तो खेलाडीलाई यहाँसम्म पुर्याउँन र उत्पादन गर्न ठूलो भूमिका खेलेको छ । पलेशा सबैको लागि उदाहरण पनि बन्न सफल भएको छ ।’
यस्तै, पलेशा गोवर्धनले गोल्डको लक्ष्य तयारीको अभावमा पूरा हुन नसकेको भन्दै आउँदो दिनमा अझै मेहेनत गर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘म एक्लै थिए धेरै गाह्रो भईरहेको थियो । कसैको सहयोग नपाएको कारणले पनि अलि राम्रो भएन तर मेरो लक्ष्य भनेको गोल्ड ल्याउँने नै थियो । म अरुभन्दा फरक भएपनि मेरो परिवारले मलाई अझ बलियो बनाउँनको लागि तेक्वान्दोमा राख्नु भएको हो । उहाँहरुको साथ नभएको भए म आज यहाँसम्म आउँन सक्ने थिएन होला ।’
पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन्। पलेशाले चीनकी लिटिङ याङलाई सेमिफाइनलमा पराजित गर्दै कास्य पदक जितेकी थिइन्।
यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा नेपालका १९ जना पारा खेलाडीहरुले भाग लिएका थिए।
एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।