काठमाडौं। मिस युनिभर्स नेपालको विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाक सहित विश्वशान्तिको कामना गर्ने भएको छ । आज आयोजित एक समारोहकाबीच मिस युनिभर्स नेपालले राष्ट्रिय पोशाक सहितको प्रस्तुती दिएको हो ।
उमंगक्रियसनले नेपालमा आयोजना गरेको एसियन पेन्टमिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दिपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोशाक सहितआफ्नो प्रस्तुति मार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने तयारी आयोजक संस्थाका डाइरेक्टर उद्धवअधिकारीले जानकारी दिए । राष्ट्रिय पोशाक मार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको उनको भनाई छ ।
तयारीका लागि मिस युनिभर्स नेपाल २०२३ की नेपाालबाट विजेता ग्यरेटको कोरियोग्राफीको जिम्मा प्रशान्त ताम्राकारले पाएका छन् ।
मिस युनिभर्स २०२३ को ग्रान्ड फिनाले एल साल्वडोरमा आगामी नोवेम्बर १८ मा हुँदैछ ।