माओवादी पार्टीप्रति अविश्वास पैदा भएको जनार्दन शर्मा स्वीकारोक्ति

माओवादी पार्टीप्रति अविश्वास पैदा भएको जनार्दन शर्मा स्वीकारोक्ति

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले, जनताको विश्वासमाथि कुठाराघात हुदाँ माओवादी पार्टीप्रति अविश्वास पैदा भएको स्वीकार गरेका छन् ।

काठमाडौंमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्व मन्त्री शर्माले माओवादी केन्द्र जन अपेक्षा सम्बोधनमा चुकेको स्वीकार गरेका हुन् ।

उनले भने ‘हिजो विश्वास गरे जनताले माओवादीले बुझ्यो जनताले त हामीलाई विश्वास गरेका छन् तर जन अपेक्षालाई बुझ्न हाम्रो कमि रह्यो । त्यहि जन अपेक्षालाई बुझ्न कमि रहेको कारणले जनता हामीसँग असन्तुष्ट भएका हुन् । जनताले हामीबाट जुन आशा, विश्वास गरेको थियो त्यो पूरा नहुँदा अविश्वास पैदा भएको छ र त्यसलाई अबको अभियानमा विश्वासमा बदल्ने छौं ।’

त्यस्तै उनले संविधानमाथि उठको प्रश्नहरुको सम्बोधन हुनु पर्ने बताएका उनले प्रदेशलाई काम गर्न नदिइएको ठोकुवा गरे ।
‘आज संविधानको सन्र्दभमा संघीयताको प्रश्न उठेको छ । हामीले अहिले ल्याएको व्यवस्था विरोधीहरुलाई पनि कुनै टाउकाको मूल्य नतोक्ने यसतो व्यवस्था ल्याको छौं । तर संविधानमा नै कुरा उठेपछि सरकारले छलफल गर्न आवश्यक छ । ’ उनले भने ‘ प्रदेशले काम गर्न सकेन भन्ने प्रश्न उठेको छ । प्रदेशले काम गर्न नसकेको होईन प्रदेशलाई काम गर्न दिईएको छैन । प्रदेशलाई दिनुपर्ने जनशक्ति दिएको छैन् अधिकार दिएको छैन् । सुरक्षा निकायहरु दिएको छैन् । अनि कसरी प्रदेशले काम गर्छ त?’

प्रचुर सम्भावना भएर पनि नेपाल गरिबीबाट माथि उठ्न नसकेको भन्दै उनले नेपालको स्रोत साधनलाई व्यवस्थित गर्न आवश्यक भएको बताए ।
‘हाम्रा श्रोत साधनहरु प्रचुर छन् । हामी गरिब छैनौँ । हामी सम्पन्न छौँ ।

हामीसँग भएका श्रोत र साधनलाई व्यवस्थीत गरेर परिचालन गरियो भने हामीसँग भएको यूवा जनशक्ति छन् त्यसलाई श्रोत र साधनलाई व्यवस्थीत गरेर परिचालन गर्ने कुरामा जोड्यौं भने र हामीसँग भएको पुँजी केन्द्रित गरेर परिचालन गयौं भने र आज विकसीत भएको प्रविधिलाई समेत जोड्न सक्यौँ भने राष्ट्र समृद्ध हुन्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्