अटिजम केयर गण्डकीको साधारण सभा सम्पन्न

अटिजम केयर गण्डकीको साधारण सभा सम्पन्न

पोखरा । अटिजम केयर सोसाइटी गण्डकीको चौँथो साधारण सभा पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले अटिजम भएका बालबालिकाका लागि आर्थिक भौतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

इन्सेक गण्डकी प्रमुख शिवप्रसाद खकुरेलले अटिजम भएका बालबालिकाको अधिकारको लागि राजनीतिक पहल गर्नु पर्ने बताए ।

पोखरा महानगरपालिका सामाजिक विकास शाखाका बाल कल्याण अधिकारी विष्णुमाया पौड्यालले अटिजम भएका बालबालिकालाई विशेष ख्याल पु¥याउदै हेरचाह गर्नुपर्ने भन्दै अटिजम भएका बालबालिकालाई महानगरले आवश्यक सहयोग गर्ने बताइन् ।

संस्थाका अध्यक्ष मुकुन्द लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा अटिजम केयर सोसाइटि स्याहार केन्द्रका प्रमुख पार्वती श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष जीवनप्रसाद आचार्य र राजेन्द्र उदास, डा.अमृत श्रेष्ठ, सचिव रमेश लिगल लगायतले अटिजमका बारेमा बोलेका थिए ।

सो कार्यक्रममा सचिव लिगलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपा गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्