काठमाडौं । मोदनाथ मरहट्टाद्वारा “जेल डायरी” पुस्तक सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित सो पुस्तक सार्वजनिक गरिएको हो ।
यस पुस्तकमा लेखकले आफ्नो जेलभित्र भोगेका घटनाहरुलाई समेटेको बताएका छ्न । पुस्तक लोकार्पण कार्यक्रममा लेखक मरहट्टाले भने ‘यो पुस्तक योजनाबद्ध तरिकाले लेखिएको होईन्, म जस्तो छु मैले त्यस्तै लेख्या हो । मैले जति गरे मलाई पुगेको छैन् ।
तर एउटा साथीहरुको र जेलको पनि एतिहास बनाउँ भनेर यो पुस्तक प्रकाशन गरेको हो । यसमा रचनात्मक सुझाव दिनु भयो भने आउँने दिनमा सुधार गर्ने छु ।’
उनले आफू कुनैपनि वरिष्ठ व्यक्ति नभएको र औसत जीवनको मान्छेले जेलमा भोगेका घटना साझा गर्न चाहेको बताए ।
उनले भने “हाम्रा जेल जीवनको अनुभूति विश्वका विशिष्ट व्यक्तिहरूको जेल अनुभूतिभित्र पर्दैन । यसले कुनै राजनीतिक सन्देश दिँदैनथ्यो, जीवनको एउटा निकृष्ट अमानवीय क्रूर भोगाइ हो, जो औसत जीवनभित्र पर्दछ ।”