हामीले नै बनाएको सरकारबारे आफैंलाई भ्रम हुन थाल्यो

हामीले नै बनाएको सरकारबारे आफैंलाई भ्रम हुन थाल्यो

काठमाडौं । सांसद सञ्जयकुमार गौतमले सरकार बनाउनकै लागि बनाएको जस्तो मात्र भएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम नगरेको बताए ।

उनले भने, ‘यो सरकार हामीले सरकार बनाउनको लागि मात्र बनाएको होइन । प्रधानमन्त्री र मन्त्री बन्नको लागि मात्र बनाएको होइन । सरकारले मुलुकलाई स्थिरता देओस्, सुशासान देओस् र भ्रष्टाचारमुक्त बनाएर जनतामा छाएको घोर निरासालाई चिरोस् भनेर सरकार बनाएका हौं ।’

देश आज गम्भीर संकटमा रहेको भन्दै उनले राष्ट्रिय गौरवका योजनाहरु अस्तवयस्त अवस्थामा पुगेको बताए ।

‘देश आज गम्भीर संकटमा छ । के हुँदैछ वास्तवमा कसैलाई पनि थाहा छैन’ गौतमले भने, ‘सरकार त हामीले नै बनाएका हौं तर हामीलाई यो सरकार हाम्रो हो कि होइन भन्ने भ्रम सिर्जना हुन थालेको छ ।’

सरकारले बेवास्ता गरेर काम गर्ने हो भने लोकतन्त्र पनि नरहने र देश ठूलो संकटमा पर्ने उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्