सरकारका अन्तर मन्त्रालयबीच समन्वयको अभाव छ: संसद रावल

सरकारका अन्तर मन्त्रालयबीच समन्वयको अभाव छ:  संसद रावल

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमार रावल थापाले समितिले जारी गरेको निर्देशन प्रधानमन्त्री कार्यालयले कार्यान्वयन नगरेको गुनासो गरेकी छिन् ।

शुक्रबार राष्ट्रिय सभामा उनले प्रधानमन्त्री कार्यालयले जनता र संसद्प्रति जवाफदेही र उत्तरदायी बनाउनलाई समितिले जारी गरेका निर्देशनहरू कार्यान्वयन नगरेको भन्दै सरकार र राज्य सञ्चालन गर्ने जिम्मेवार निकायहरूलाई संविधान र कानूनप्रति संवेदनशिल बन्न आग्रह गरिन् ।

उनले भनिन्,‘सरकालाई जनताप्रति ,संसदप्रति जवाफदेही र उत्तरदायी बनाउनलाई गरेका अध्ययन अनुसन्धान ,सरकारलाई सहयोग गर्न जारी गरेका निर्देशनहरू कार्यान्वयन नगर्ने सब भन्दाबढि प्रधानमन्त्री कार्यालय बेरुजु देखाउने अर्थ मन्त्रालय छ ।
स्वास्थ्य सम्बन्धी समस्याहरू छ ।सरकार र राज्य सञ्चालन गर्ने जिम्मेवार निकायहरू र पदाधिकारीहरू संविधान र कानूनप्रति संवेदनशिल बन्न आग्रह गर्दछु ।’
उनले तहगत संघीय सरकारका अन्तर मन्त्रालयबीच समन्वयको अभाव रहेको बताइन् ।

उनले भनिन्,‘अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय पटक्कै छैन् । एकात्मक राज्य प्रणाली हुँदा पनि मन्त्रालयबीचको समन्वयको अभाव अहिले तहगत सरकारमा छ । यसमा पनि समन्वय छैन् । संघीय सरकारका अन्तर मन्त्रालयबीच पनि छैन् ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्