सरकारले पत्रकारीता क्षेत्रलाई व्यवस्थित गर्दैछ: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सञ्चार क्षेत्रका कानून कार्यान्वयन गराउन,पत्रकारीता क्षेत्रलाई व्यवस्थित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा बनाएरै छलफल गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल अमेरीका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उनले पत्रकारीता क्षेत्रलाई अझ व्यवस्थित संस्थागत र उन्नत बनाउन आवश्यक ऐन निर्माण तथा सञ्चार कानूनहरु कार्यान्वयन गराउन प्रधानमन्त्री सचेत र चनाखो भएर सक्रिय रहेको बताए ।

उनले भने, ‘यो पत्रकारीता क्षेत्रलाई अझ व्यवस्थित,संस्थागत र उन्नत बनाउनका निम्ति जुन ऐनहरुको तपाइँहरुले कुरा गर्नुभएको छ,भएका ऐनको पनि कार्यान्वयनको प्रकृया फितलो छ ।त्यसमा ध्यान दिइने छ । अहिले प्रधानमन्त्री यसमा अलि बढी नै चनाखो र सचेत भएर एजेण्डानै उठाइरहनुभएको छ । पत्रकारहरुलाई कसरी,सम्बोधन गर्ने,सञ्चार जगतलाई अझै व्यवस्थित,स्वस्थ र उन्नत कसरी बनाउने,बाँच्न दिने स्तरमा कसरी लैजाने भनेर हामी छलफल गरिरहेका छौ ।’

देशको अवस्था फेर्न राजनीतिबाटै कम्मर कसेर लागेको बताएका मन्त्री श्रेष्ठले भने पत्रकारीताको क्षेत्रलाई नयाँ ढंगले रुपान्तरण गरेर अगाडि बढ्न अपिल समेत गरेका छन् ।

‘देशको यो अवस्था फेर्नुछ । त्यसका लागि हामी लाग्न खोजिराखेका छौं, क्लिन पोटेटिक्स भनेर कम्मर कसेका छौ । पहिला राजनीतिक नेताहरु बदलेर सुरु गरौं भनिराख्या छौं । राजनीतिको भ्रष्टाचारीकरण र अपराधीकरण अन्त गर्ने अभियानमा छौं,एकातिर तपाइँहरु (पत्रकार) हामीले भनेको अभियानलाई सहयोग गर्नुस अर्कोतिर आफूलाई पनि रुपान्तर गरेर नयाँ ढंगले अगाडि बढौं त्यसको लागि विशेष अपिल गर्छु’, श्रेष्ठले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्