नयाँ योजनालाई प्रोत्साहन गर्न महानगर सदैव तयार छ: प्रमुख मर्हजन

नयाँ योजनालाई प्रोत्साहन गर्न महानगर सदैव तयार छ:  प्रमुख मर्हजन

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले, नयाँ योजना तथा क्षमतालाई आफ्नो महानगरले सदैव स्वागत गर्ने बताएका छन् ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले बिहीबार ललितपुरमा आयोजना गरेको ‘इन्टेरियर डिजाइनहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’को उद्घाटन समारोहमा उनले नयाँ योजना र क्षमतालाई महानगरपालिकाले सधैँ प्रोत्साहन गर्ने बताए ।

उनले भने ‘म चाहिँ ललितपुर महानगरपालिकाको मेयर हुदैँ गर्दा मलाई नयाँ नौलो काम मन पर्छ । नयाँ नौलो काम गरेकै कारणले होला आज देशभरीका मेयरहरु काठमाडौं आउनु हुन्छ र मलाई सोध्नु हुन्छ । यो कसरी  गर्नु भयो हामीलाई पनि सिकाई दिनुस् भन्नु हुन्छ । अनि म चै दिल खोलेर सिकाई  भन्छु र सिकाई पनि दिन्छु ।’

आफूले पनि महानगरमा नयाँ नयाँ योजना कार्यान्वयन गर्न चाहेको भन्दै सिर्जनात्मक कामको प्रोत्साहनका लागि आफू सधैं तयार रहेको बताए ।
‘तपाईहरुको यो राम्रो कुरालाई म पनि महानगरपालिकामा लागू गर्न चाहान्छु । र अरुलाई पनि देखाउन र भन्न चाहान्छु । ’ उनले भने ।
आजदेखि ललितपुरको लबिम मलमा सुरु भएको प्रदर्शनी प्रतियोगीतामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० बिद्यार्थीका इन्टरियर सम्बन्धि सिर्जनाहरु प्रतिस्पर्धामा राखिएको आयोजकले जनाएको छ ।

बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा सहभागी ३० बिद्यार्थीले थेशिश प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनिमा प्रस्तुत गर्नेछन्, भने अर्काे ३० बिद्यार्थी कार्यक्रमको समापनसँगै दिक्ष्यन्ता समारोहमा सहभागी हुनेछन् ।
प्रदर्शनिमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३/३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्