काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहेको बताएकी छिन् ।
बुधबार काठमाडौँमा आयोजित बि स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै उनले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहको भन्दै बि स्टार फिल्म अवार्डले कलाकारहरूको सम्मानमा सहयोग पुगेको बताईन् ।
उनले भनिन् ‘नेपाली संस्कृतिमा बिभिन्न कारणले गीत र सङ्गीतको एकदमै धेरै महत्व रहेको छ । यो तपाइ हामी सबैले बुझेको कुरा हो ।’
त्यस्तै, कार्यक्रममा बि स्टार फिल्म अवाडका निर्णयक समेत रहेका राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको निवर्तमान अध्यक्ष चन्द्र शर्माले, आफूले निष्पक्ष निर्णय गरेको भन्दै अवार्ड आफूले पाए ठिक तर अरुले पाए बेठिक भन्ने प्रवृति रहेको भन्दै असन्तुष्टि पोखे ।
उनले भने, ‘मलेखुको माछा जस्तो हो अवार्ड । आफूले पैसा तिरेर खानु पर्यो भने जनकपुरको माछा भन्ने अरुले खुवायो भने कस्तो राम्रो मलेखुको माछा भनेर बयान गर्ने आफूले पाए ठिक तर अरुले पाए बेठिक भन्ने प्रवृति रहेको छ । कृपया त्यसरी नलिनुहोला । हामीले गरेको निर्णय सबै कलाकारले स्विकार्नु हुन्छ भन्ने आशा छ ।’