पोखरा । मणिपाल शिक्षण अस्पताल र निर्माण व्यवसायी सघं कास्कीको कर्पोरेट स्वास्थ्य जाँच योजनामा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यवसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र निर्माण व्यवसायी सघं कास्की बिच मङ्गलबार सहमति भएको हो ।
मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र निर्माण व्यवसायी सघं कास्कीका अध्यक्ष लीलकाजी गुरुङ बीच सहमति पत्रमा हस्ताक्षर भएको हो । अस्पतालका तर्फबाट सम्पर्क व्यक्तिका रुपमा सन्चालक कुष्णमोहन श्रेष्ठ र सघंका तर्फबाट ई. शिरशकुमार बास्तोला रहेका छन् ।
सहमति भएसँगै निर्माण व्यवसायी सघं कास्कीका सम्पूर्ण सदस्य र कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन् । उनीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्कमा पूर्ण छुट , साधारण बेडमा २५ प्रतिशत, निःशुल्क चिकित्सकीय परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन ।
यसका अलवा सम्झौतापत्रमा न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट तथा नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था गरिने उल्लेख छ ।
सम्झौता मङगलबारबाट नै कार्यन्वयन हुने र सेवा उपभोग्य गर्न अनिवार्य सघंको फोटो सहितको परिचय पत्र लिएर जानुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।