प्रधानमन्त्रीद्वारा इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसंग भर्चुअल कुराकानी

प्रधानमन्त्रीद्वारा इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसंग भर्चुअल कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, इजरायलको एक बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीसंग भर्चुअल कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको भिडियोमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्, सर्वदलिय बैठक बोलाएर सकुसल नेपाल फर्काउन आवश्यक पहल गरिरहेको बताए ।

उनले भने ‘मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । सर्वदलिय बैठक पनि बोलाइएको छ । इजरायली राजदुताबासमा पनि कुरा भइहरेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला ।
यो सबै चाँहि तपाईले त्याँ विद्यार्थीहरुलाई कम्युनिकेट गर्दिनु पर्यो । ’
“सिक्दै कमाउदै’’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टोली प्रमुख विपिन सुवेदीसंगको मेसेन्जरबाट भिडियो सम्बाद गर्दै उनले सरकारले चाँडै आवश्यक काम गर्ने वचन दिए ।

अहिले बङ्करमा सुवेदीले आफूले इजरायलमा रहेका नेपालीलाई नेपालको पछिल्लो तयारी लगायतका विषयमा जानकारी गराएको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्