राजनीतिक संरक्षणमै अपराध बढ्यो: पूर्व आईजीपी खनाल

राजनीतिक संरक्षणमै अपराध बढ्यो: पूर्व आईजीपी खनाल

काठमाडौं । पूर्व आईजीपी तथा एमाले नेता सर्वेन्द्र खनालले, राजनीतिक संरक्षणकै कारण आपराधीक क्रियाकलाप बढेको ठोकुवा गरेका छन् ।
राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको ठोकुवा उनले गरेका छन् ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा गैरहेको बताए ।

उनले आफ्नो कार्यकालमा रेशम चौधरीलाई छोड्न दबाब आएपनि नछोडेको स्पष्ट पार्दै भने, ‘सरकारमा गठजोड मिलाउन पर्यो, अङ्क मिलाउन पर्यो भनेर अपराधीलाई छोड्ने गर्न त भएन नि । प्रहरीले अनेक गरेर समातेर सर्वोच्च अदालतमा समेत फैसला आएको कुरालाई अपराधीलाई छोड्दिदै जाने, के का आधारमा भन्दा जतिखेर उहाँहरुलाई चाहिन्छ आवश्यकता पर्छ त्यतिखेर अपराधी छोड्दिने ,’
उनले सरकारले अपराधीलाई कैद मिनाह गरी आममाफी गरेको विषयले अपराधीले सरकार र राजनीति चलाइरहेको सन्देश गएको टिप्पणी गरे ।

‘अपराधीलाई राजनीतिकरण जुन किसिमले गरिएको छ र अपराधले राजनीतिलाई चलाउने, अब म आए आत्तिनु पदर्नै भन्ने खालको सन्देश सरकारले दिदै जान्छ । निमुखालाई मात्रै कानून लाग्ने,’
देशमा शान्ती सुरक्षा नै राम्रो नभएको परेकोले जनता देशमा बस्न नचाहेको भन्दै खनालले शान्ती सुरक्षाको अवस्था जर्जर भएको आरोप लगाए ।
‘देशलाई ऋणमा डुवाइदिएका छन् । आय आर्जनको कुनै क्षेत्र छैन ।

पढे लेखेका विद्यार्थी पनि बाहिर पलायन भएका छन् । राम्रा पढेकाहरु बाहिरबाट यहाँ आएर काम गर्ने वातावरण छैन । हुँदाहुँदै शान्ती सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेपछि यहाँ को बस्न खोज्छ र ? मानिसले सबैभन्दा पहिला सुरक्षा खोज्छन्, बाँचु भन्छन, त्यो अवस्थामा मै राख्न नदिनि अब ’, खनालले भने ।

उनले प्रहरीले अनुसन्धान गरी दोषी ठहर भएका अपराधीलाई सरकारले छोड्दा सम्बन्धित निकाय चुप बस्ने प्रवृति राम्रो नभएको धारण पनि राखे । खनालले भने, ‘प्रहरीले पनि अपराधीलाई छोड्ने कुरामा यो हुन्छ यो हुन्न भन्ने कुरा दह्रोसँग गर्नुपर्यो नि । प्रहरी संगठनका मान्छेले अपराधी समात्न सबैले खटेर, ज्यान हत्केलामा राखेर काम गरेका छन् नि ।

सबैलाई छोड्दिने हो भने किन प्रहरीले अपराधी समात्ने ? सबै सरकारलाई छोड्दिए भौगो नि, अपराधीको करार पनि उनिहरुले नै गरुन,अभियुक्तलाई ल्याउन परे पनि यसलाई ल्याइदे भनून, कसैको मान्छेलाई बोलाउँदै यसो गर त्यसो गर भन्न पाइन्छ ? अनुसन्धान गरेको विषयमा आइजिले पनि यो वा त्यो गर भन्न पाउँदैन, अनुसन्धान गरेको कुरामा अनुसन्धान अधिकृत जिम्मेवार हुन्नुपर्छ ।
काम गर्नुपर्ने त्यसरी हो । त्यहाँ भएन भने अर्कोले सुपरभिजन गर्ने हो, नराम्रो काम गर्ने बद्मासहरु छुट्न हुदैन भन्ने हो । त्यसकारण यसले संगठनप्रतिको नैतीक पक्षमा असर गर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्