काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) ले शैक्षिक क्षेत्रको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर व्यावसायीक शिक्षाको गुणस्तरलाई बढाई अगाडि लैजान जीवनोपयोगी शिक्षाको आवश्यकता भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित जीपि कोईराला मेमोरियल सामुदायिक कलेजद्वारा आयोजित एक कार्यक्रमको सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रलाई सुधार गर्न व्यावसायीक र प्राविधिक शिक्षा आवश्यक भएको बताए ।
उनले भने,‘अहिले प्राविधिक र व्यवसायीक शिक्षाको आवश्यकता मूलुकभरी बढेर गएको छ, र यो व्यवसायीक शिक्षा जीवनउपयोगी भएकाले रोजगारी पनि दिन्छ आज त्यो शिक्षाको मूलुकमा आवश्यकता छ ।’
उनले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर अगाडि लैजाने विषय महत्पवूर्ण भएको उल्लेख गरे ।
उनले भने,‘हामीले शैक्षिक क्षेत्रमा राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर र जनशक्तिको आवश्यकतालाई दृिष्टगत गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर कसरी अगाडि लैजान सक्छौं भन्ने कुरा महत्वपूर्ण छ ।’