जितिया पर्वको आज अन्तिम दिन

जितिया पर्वको आज अन्तिम दिन

धनुषा । बिहीबारदेखि सुरु भएको जितिया पर्व आज पूरा हुँदैछ । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिन लागेको हो ।

महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ति जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने र कथा सुन्ने गर्दछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्