अग्नी पिडीतले पाए नगद र स्वास्थ्य सामाग्री

अग्नी पिडीतले पाए नगद र स्वास्थ्य सामाग्री

काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढी बजारमा केही दिन पहिला भएको आगलागी प्रभावित पिडीतहरुले नेपाल रेडक्रस सोसाइटी मुगु जिल्ला शाखा कार्यालय मुगु बाट नगर तथा स्वास्थ्य सामाग्रीहरुको राहत वितरण गरेको छ ।

यहि असोज ६ गते राती अचानक भएको आगलागी बाट प्रभावित ३१ घर परिवारका लागि तत्काल आवश्यक सामग्री खरिदका लागि प्रति परिवारका नगद रुपैया १५ हजारका दरले नगद वितरण उपलब्ध गरिएको छ प्रत्येक परिवारका लागि डिगनीटी किट, सरसफाई सामग्री र स्वास्थ्य सामग्रीहरु वितरण गरेको रेडक्रस सोसाईटी मुगु शाखाका सभापति जय बहादुर मल्लले जानकारी दिएका छन ।

आगलागीबाट प्रभावित भएका ४७ जना बालबालिकाहरुका लागि स्कुल कपडा, स्टेशनरीसामानको तत्काल खरिद गरी पठनपाठनमा सह जगर्नको लागी प्रति बिद्यार्थि नगद रुपैया ३हजारकारदरले नगद वितरण गरिएको छ । जहिले पनि आगलागी होप वा अन्य जुनसुबै दैबिकप्रकोप पर्दा मानव उद्दारको लागी डिलो होसवा चाडोहोस पिडीतको घाउमा मलम पटिलगाउन नेरेसो जिल्ला शाखा मुगुबाट सदैब लागी रहेको छौं ।

नेरेसो को नियम अनुसार प्रारम्भिक दु्रत लेखाजोखा र विस्तृत सर्र्र्वेक्षणको प्रतिवेदनको आधारमा र छाँयानाथ रारा नगरपालिकाबाट प्रमाणित गरिएको विवरणको आधारमा राहत वितरण गरिएको नेपाल रेडक्र्रस सोसाईटी शाखा मुगुका मन्त्री रत्नसिंह मल्लले बताएका छन ।
राहत वितरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख मन्जन बहादुर कार्की, नगरप्रमुख बिस्नु कुमार भाम,ऐश्वय मल्ल उपप्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी रबिन्द्र ओखडा, सुरक्षा निकाय, पत्रकारहरु, नागरिक समाज र केन्द्रीय कार्यालयको प्रतिनिधिहरुको उपस्थितिमा राहात बितरण गरीएको समेत मन्त्री मल्लले बताएका छन ।

अचानक लागेको सबै आगोले मोवाईट पसल जलेर ५० लाख भन्दा बढीको सम्पति भाडाकुडा घर,लताकपडा ,खाद्यान्न जलेर नष्ट हुदा अहिले आफन्तका घरमा बस्नु परेको छ । केही थोरै भए पनि नगद र स्वास्थ्य सामाग्री नेपाल रेडक्र्रस सोसाईटी बाट पाउदा निकै खुसी लाग्यको अग्नी पिडीट तत्कालको लागी बालबच्चालाई लता कपडा र पठन पाठनको लागी राहान हुर्ने अग्नी पिडीत शेर बहादुर मल्लले बताएका छन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्