नेपाल र म्यानमारबीच सिधा हवाई यात्रा सुरु हुनु पर्नेमा व्यवसायीको जोड

नेपाल र म्यानमारबीच सिधा हवाई यात्रा सुरु हुनु पर्नेमा व्यवसायीको जोड

काठमाडौं । नेपाल र म्यानमारबीच सिधा हवाई यात्रा सुरु हुन पर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।

नेपाल म्यानमार चेम्बर अफ कमर्स स्थापनाको १३ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा व्यवसायीहरुले नेपाली भाषिको बसोवास रहेको नेपाल र म्यानमारबीच सिधा हवाई सेवा सुरु हुदाँ दुबै देशलाई फाइदा पुग्ने बताएका हुन् ।

भाषा र संस्कृतिका हिसावले पनि दुईदेश बीच गहिरो सम्बन्ध रहेको भन्दै उनीहरुले दुई देशबीचको व्यापार प्रर्वद्धनका लागि आवश्यक पहल हुनु पर्ने बताए ।
नेपाल म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष शिव कुमार अग्रवालले लुम्बिनी र म्यानमारबीच सिधा हवाई सम्बन्ध स्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले दुई देशबीचको व्यापारिक सम्बन्ध थप बलियो बनाउन पनि हवाई सेवा सुरु गर्नु जरुरी रहेको बताए ।
उनले म्यानमारमा रहेका नेपाली समुदाय दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए।

निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने बताएका उनले
व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न दुवै देशका सरकारलाई सिधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरे ‘हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ’, संघका अध्यक्ष शिवकुमार अग्रवालले भने, ‘दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्