हामी नेपाली विकास निर्माण गर्नुपर्‍यो:नेता सिंह

हामी नेपाली विकास निर्माण गर्नुपर्‍यो:नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सार्वजनिक सम्पतिको संरक्षण सबैको दायित्व भएको बताएका छन् ।
१६ दिनको लक्ष्मीनारायण व्रतको साङ्गे आरतीमा सहभागी भएका उनले सार्वजनिक सम्पतिको संरक्षण नगर्ने प्रवृत्ति नेपालीहरुको रहेको भन्दै त्यसलाई हटाउनु पर्ने बताए ।

शुक्रबार सिनामंगल वडा ९ को लक्ष्मी नारायण मन्दिर मन्दिरको प्राङ्गणमा आयोजित आरतीमा सहभागि भएका उनले, नेपालीहरूमा विकास निर्माण गर्नुपर्‍यो मात्र भन्ने र तर निर्माण गरिसकेको सार्वजनिक सम्पत्तिहरूको संरक्षण नगर्ने प्रवृत्ति रहेको भन्दै बासिन्दाहरूले मन्दिरको प्राङ्गणलाई सफा सुगर राखेर भक्तजनहरू आउँदा आनन्द वातावरण तयार गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी नेपाली विकास निर्माण गर्नुपर्‍यो त भन्छौ। तर निर्माण गरिसकेको कुरालाई संरक्षण गर्न स्थानीय बासिन्दाहरूको जुन भूमिका रहन्छ त्यसमा अलि सजग भएर यो मन्दिरको प्राङ्गणलाई सफा सुगर राखेर भक्तजनहरू आउँदा मनलाई आनन्द होस् भन्ने वातावरण सबैले तयार गर्नुपर्छ ।’
उनले मिलीजुली समाज र समुदाय अगाडि बढाउनुपर्छ भन्ने पुर्खाले दिएको महान् सन्देशलाई अहिलेका पुस्ताले आउने पुस्तालाई सुिम्पन सक्रिय हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्